काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा गिरावट आएको छ । सेयर बजारमा गिरावट आए पनि सेयर कारोबार भने वृद्धि भएको छ ।
मंगलबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलब ३७ अंकले घटेर १ हजार १ सय ६६ दशमलब २१ अंकमा पुगेको छ । नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स्ट पनि शून्य दशमलब ३२ अंकले घटेर २ सय ५४ दशमलब २१ अंकमा पुगेको छ ।
यस दिन बजारमा १ सय ७१ कम्पनीका २० लाख २९ हजार ८ सय १५ कित्ता सेयर ७२ करोड १६ लाख ४२ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भए ।
यस दिन बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसुचकमध्ये पाँच सुचक उकालो लागे भने बाँकी रहेका सात सुचक ओरालो लागे ।
नेप्से घटेको दिन बजारमा शिवम् सिमेन्टका लगानीकर्ताले सर्वाधिक १० करोड ३३ लाख १२ हजार १३२ रुपैयाँमा कारोबार भएको हो ।
यस दिन सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक नौं दशमलव ८९ प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी, आन्खु खोला जवविद्युत्का लगानीकर्ताले सर्वाधिक सात प्रतिशत सेयर मूल्य गुमाए ।