काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले उपप्रधानमन्त्री उपेन्द्र यादबलाई ब्यंग्य गरेका छन् । मंगलबार आफ्नो पदबाट राजीनामा दिएका उपप्रधानमन्त्री यादबले मधेशका मुद्धा समेट्न बर्तमान सरकार सफल नभएपछि सहमती पालना नभएको भन्दैनैतिकताका आधारमा राजीनामा दिएको बताएको विचारलाई व्यंग्य गर्दै मधेश आन्दोलनसँग जोडेका छन्। मधेश आन्दोलनमा भारत र नेपालका सीमानामा गएर खुलेआमा भारतीय पक्षको नाकाबन्दीलाई समर्थन गर्ने उपेन्द्र यादबको साँकेतिक रुपमा बिरोध गरेका छन् ।
स्वास्थ्यमन्त्रीबाट सोध्दै नसोधी अर्कै मन्त्रालय दिँदापनि उपप्रधानमन्त्री यादबले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई माया गरेको बताएका थिए । मन्त्रीमा सपथ खाएको धेरै समय नबित्दै उपप्रधानमन्त्री यादबले सरकारसँग भएको खटपटलाई थाम्न नसकि राजीनामा दिएको बिश्लेशकहरु बताउछन् । नेता गुरुगले राष्ट्रका बिरुद्धमा कडा रुपमा जोसुकैको पनि बिरोध गर्ने गरेका छन् । गुरुगंले उपप्रधानमन्त्रीबाट राजीनामा दिएपछि उलाई कठैबरा समेत भनेका छन् ।
नेता गुरुगंको स्टटस्ः नाकाबन्दीको समर्थनमा दशगजामा गएर बुर्लुक्क/बुर्लुक्क उफ्रँदा हराएको नैतिकता पदबाट राजीनामा दिने वेलामा आउँदोरहेछ। कठैवरा!