राजनीति

पौडेललाई मनाउन देउवालाई सकस, कांग्रेसको बैठक आज पनि बसेन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकाे भोलि(बिहिबार) बोलाएको बैठक स्थगित भएको छ ।  एकसाता पहिले स्थगित गरिएको बैठक आज विहान ११ बजे बोलाइएको थियो । ११ बजेसम्म सहमति नजुटेपछि १ बजेका लागि सारिएको बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको कांग्रेसले जनाएको छ ।

कांग्रेसमा इतर पक्ष र संस्थापन पक्षबीच भागवण्डा नमिल्दा बैठक स्थगित हुँदै आइरहेको छ । पार्टी सभापति शेर बहादुर देउवाले बोलाएको बैठकमा रामचन्द्र पौडेल पक्षले बहिस्कार गर्ने निर्णय गरेसँगै बैठक अन्यौल देखिएको कांग्रेसका एक नेताले जनाएका छन । पौडेललाई मनाउनका लागि देउवा पक्षले प्रयास जारी राखेको भएपनि सफल हुन सकिरहेको छैन ।

गत मंसिर २६ गतेको केन्द्रीय कार्यसमिति बैठकमा १४ औं महाधिवेशनको कार्यतालिकालाई एजेण्डा नबनाएको भन्दै पौडेल पक्षले बैठक बहिष्कार गर्दै आएको छ । सो बैठकमा सभापति देउवाले विभागको संख्या थपेर गठन गर्ने एजेण्डा प्रस्तुत गरेका थिए ।