काठमाडाैं । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफुहरूले समर्थन फिर्ता लिएपछि सरकारकाे दुई तिहाइकाे दम्भ समाप्त भएकाे बताएका छन् ।
“सरकारकाे दुईतिहाईकाे दम्भ आजबाट अन्त्य भयाे । कम्युनिष्टबाहेक अरू पनि छन् भन्ने पनि अन्त्य भयाे,” बुधबार सिंहदरबारस्थित दलकाे कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पार्टी अब प्रतिपक्षमा रहेर संविधान परिमार्जन गर्ने संशोधन गर्ने र सबैको संविधान बनाउने कार्यमा लाग्ने बताए । ‘समाजवादी पार्टीले नेकपाको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ । अब समाजवादी प्रतिपक्षको भूमिका निर्वाह गरेको निर्णय गरेको जानकारी गराउँछु’ उनले भने ।
संविधान संशाेधनकाे विषयमा हस्ताक्षर गरेर पनि प्रधानमन्त्री केपी ओलीले धाेका दिएकाे उनकाे आराेप थियाे ।