बाग्मती

भरुवा बन्दुकसहित एक नियन्त्रणमा

ललितपुर । महानगरीय प्रहरी प्रभाग लाकुरी भञ्ज्याङबाट खटिएको प्रहरी टोलीले भरुवा बन्दुक सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधवार विहान ६स्१५ बजे ललितपुर महालक्ष्मी नगरपालिका(१० का पुर्ण बहादुर तामाङलाई १ थान भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको छ ।

लाकुरी भञ्ज्याङबाट लुभु आउने क्रममा प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।