काठमाडौं । गायक रामकृष्ण ढकाल र उनकी श्रीमती नीलम शाहबीच सम्बन्ध विच्छेद भएको छ । आज(बुधबार) जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालले सम्बन्ध विच्छेद गरेका हुन् ।
सम्बन्ध विच्छेदका लागि उनीहरुले मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता गराएका थिए । न्यायाधीश विदुर कोइरालाको इजलासले सम्बन्ध विच्छेदको निर्णय सुनाएको हो । ढकाल दम्पतीकी छोरी रानी आमासँग बस्ने तर उनको पठनपाठन र लालनपालन दुवैले गर्ने सहमति भएको स्रोतले बतायो ।
उनका अनुसार नीलमले रामकृष्णको सम्पत्तिमा दाबी नगर्ने पनि सहमति भएको छ । चाहेको समयमा रामकृष्णले छोरीलाई भेट्ने पनि सहमति भएको छ ।