एजेन्सी, फोब्र्स म्यागजिनले भारतको १०० हस्तिको सूचि प्रकाशित गरेको छ । उक्त सूचीको पहिलो नम्बरमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली रहेका छन् । उनले कमाई अनि लोकप्रियताको विषयमा अभिनेता सलमान खान, शाहरुख खान र अक्षय कुमार जस्ता बलिउड स्टारलाई पनि पछि पार्दै पहिलो नम्बरमा परेका छन् ।
कोहलीको कमाई २२५ करोड ७२ लाख भारु भएको तथ्यांक छ । कोहलीको यो वर्षको कमाईमा खेल खेलेको फि, विभिन्न कम्पनीको ब्राण्ड एम्बासिडर हुनु लगायतका शीर्षकहरु छन् ।
विज्ञापनबाट हुने कमाई र व्यक्तिको लोकप्रियताको आधारमा यो सूचि बनाइन्छ । सन् २०१९ को सूचि पहिला अक्टोबर, सन् २०१८ को ३० सेप्टेम्बर र सन् २०१९ को समयमा भएको कमाई र प्रसिद्धिलाई आँकलन गरेर तयार पारिएको हुन्छ ।