काठमाडौं । बढ्दो सवारी साधन सँगसँगै संसारभरि नै अल्पविकसित तथा विकासशील देशहरूमा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दैछ । यसबाट नेपाल पनि अछुतो छैन ।
नेपालमा सडक दुर्घटनामा बर्सेनि सयौँको ज्यान जाने गरेको छ । ट्राफिक नियम पालना गर्ने हो र बनेका नियम कार्यान्वयन गर्ने हो भने सडक दुर्घटना कम गर्न सकिने जानकारहरू बताउँछन् ।
यसैबीच प्रा.डा. चन्दा कार्कीले सडक दुर्घटना कसरी कम गर्न सकिन्छ भन्ने बारे आफ्नो राय दिएकी छन् ।
उनी लेख्छिन्- “हजारौं नेपालीहरुको सडक दुर्घटनामा मृत्यु भइराखेको सम्बन्धमा नियाल्दा नियमनकारी निकायहरुले स-साना कुरामा ध्यान पुर्याउनु पर्ने देखिन्छ। हालै धुलिखेल बर्दिबास सडकको यात्रा गरि महोत्तरीको औरही नगरपालिकामा नि:शुल्क स्वास्थ शिविर गरेका थियौ ।
केही ध्यान दिनु पर्ने लागेका कुराहरु –
- यो सडक साङुरो र घुमाउरो भएकोले लामो बसहरुलाइ यो सडकमा चलाउने अनुमति दिनाले कुनै पनि बेला ठूलो दुर्घटना निम्तिन सक्छ।
- हरेक घुम्तिमा ट्राफिक कन्भेक्स मिरर राख्नै पर्ने हुन्छ ।
- चल्ने सवारीको अवस्था, गति र सवारी चालकको अनुभव र अन्य अवस्थालाई गम्भिरतापूर्वक निश्चिति दुरिहरुमा जाँच गर्नु अति आवश्यक हुन्छ ।”