बाग्मती

काठमाडौको तापक्रम यो वर्षकै कमः १ डिग्रि सेल्सियसमा झर्यो

काठमाण्डौ । काठमाडौं को तापक्रम आज १ डिग्रि सेल्सियसमा झरेको छ । आज विहानै गरिएको मापन अनुसार उक्त मात्रामा तापक्रम रहेका कारण आज अत्यधिक चिसो महशुस गरीएको छ । आजको तापक्रम यो वर्षकै कम तापक्रम भएको मौसम पुर्वानुमान माहाशाखले जनाएको छ ।

साथै हिजो २ दशमलव डिग्रि सेल्सियस मापन गरीएकोमा आज झन घटेर १ मा पुगेको छ । आज बिहान गरिएको मापन अनुसार जुम्लाको तापक्रम माईनस मा झरेको छ । जुम्लामा माईनस २ डिग्रि सेल्सियस माफन गरिएको छ । यस्तै पुष १ गते जुम्लाको तापक्रम यो वर्षकै कम माईन ७ दशमलव २ डिग्री रहेको थियो । आज बिहान डडेलधुराको तापक्रम २ डिग्री, वीरेन्द्रनगरको २ दशमलव ७ डिग्री, ओखलढुङ्गाको तापक्रम ४ डिग्री र ताप्लेजुङको ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

यस्तै मुलुकभर अत्यधीक चिसो बढेकाले बालबालीका र वृछ–वृद्धलाई बचाउनै समस्या आउन थालेको छ । तराईका जिल्लामा बाक्लो हुस्सु र कुहीरो तथा पहाडी तथा हिमालि जिल्लामा अत्यधी हिँउ पर्नुका साथै तापक्रा बढ्नाले जनजिवन प्रभावित भएको छ । साथै बिभिन्न जिल्लाहरुमा शैक्षि संस्था बन्द गरिएका छन् भने शहर बजार तथा गल्लिहरुमा मान्छेको कमै उपस्थित देखिन्छ ।

यस्तै सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले चिसोको समयमा ज्यानै जान सक्ने भएकाले न्यानो कपडाको जोहो गर्न, शीतलहरको समयमा खुला समयमा धेरै नबस्न, घरबाहिर निस्कनै परे वा धेरै समय बस्नु परे न्यानो कपडा लगाउन, राति सिरक, कम्बल ओढ्न र सुत्दा छाती र टाउको अनिवार्य छोप्न आग्रह गरेको छ ।

यसैगरी शीतलहर चलिरहेका बेला आगो ताप्न र तातो झोलिलो खानेकुरा खान पनि मन्त्रालयले सुझाव दिएको छ । मौसमविद्का अनुसार सामान्यतया २४ घण्टासम्म बाक्लो हुस्सु कुहिरो लागे शीतलहर चलेको मानिन्छ ।