काठमाडौं । नेकपा नेतृत्वको सरकारमा सभामसख चयनको बिषयलाई लिएर दुई अध्यक्षबीच फरक मत देखिएको छ । पुर्व सभामुख कृष्णबहादु महरा बलात्कार काण्डमा जेल गएसंगै सभामुखको पद केही महीनादेखी खाली रहेको छ ।
नेकपा सरकार सभामुख चयनलाई प्राथमीकता दिँदै आ–आफनै बाटोमा देखिएको छ । उस्ले आफ्नै सरकारबाट सभामुख चुन्न चाहन्छ जस्कालागि उपसभामुखलाई राजिनामा गराउ चाहन्छ । तर सभामुख र उपसभामुख एउटै दलको हुन नपउने व्यवस्थाका कारण उ उपसभामुख शिवमाया तुम्बाहाम्फे लाई पदमुक्त गराउन चाहन्छ ।
तर उपसभामुख तुम्बाहाङफेले भने सभामुखको दाबेदारी गरेकि छिन् । एउटै दलको व्यक्ति सभामुख र उपसभामुख हुन् नहुने भन्दै कांग्रेकले बिरोध जनाएपछि उपसभामुखको उप गुम्ने भएको छ । साथै उपसभामुखले केही लचिलोपना देखाउँदै संसदको हिँउद अधिवेशनको केही बैठकको अध्यक्षता गरेर राजिनामा दिने बताएपछि नेकपा सहमत भएको हो । उता अध्यक्ष द्वय केपी शर्मा ओली र पुश्पकमल दाहाल प्रचण्डबीच सोही बिसयमा फरक– फरक मत देखीएको छ ।
नेकपा स्रोतका अनुसार अहिलेसम्म व्यक्ति तोकेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छैन । तर प्रचण्डले सभामुख कसलाई बनाउने भन्ने प्रस्ताव आफूले ल्याउन पाउनुपर्ने अडान राखेका छन् । प्रतिनिधिसभाको सभामुख यसअघि नै तत्कालीन माओवादीको भागमा परेकाले प्रचण्डले अबको सभामुख पनि आफूले प्रस्ताव गर्ने दाउमा छन् ।
उनले सचिवालयमा आफूले नाम प्रस्ताव गर्ने मात्र बताएका छन् । तर नेताहरुले भने दुई अध्यक्षबीच सहमति गरेर एउटै नाम ल्याउन सुझाव दिएका छन् । सम्भवतः नेकपा सचिवालय बैठक शुक्रबार बस्ने श्रोतको भनाई छ ।
श्रोतका अनुसार सभामुखमा दुई अध्यक्षबीच कुरा नमिलेको हो । उनिहरु आ–आफनै अडानमा छन् प्रचण्डले आफुले सभामुखका लागि गर्ने प्रस्तावमा ओलीको हस्तक्षप चाहँदैनन् भने ओली ले भने सुवास नेम्वाङलाई सभामुख बनाउने संकेत गरेका छन् ।
सभामुख चयनमा पुर्व माओवदी र ऐमालेबीच कुरा नमिलेपछि वरिष्ठ नेताहरु सचिवालय बैठकमा छलफलगरी सहमती जुटाउन नेतृत्वलाई दवाब दिन थालेका छन् । श्रोतका अनुसार अध्यष प्रचण्डले अग्नि सापकोटाको नाम अघि सार्ने संकेत छ भने प्रचण्डमाथि सभामुख पद पूर्व एमालेलाई नछाड्न पनि दबाब छ ।
उनले ओली र अन्य नेताहरुसँगको भेटमा सभामुख प्रस्ताव गर्ने अधिकार आफूलाई दिन आग्रह गरेका छन् । पूर्व एमालेबाट सभामुख दाबी गर्न नमिल्ने प्रचण्ड पक्षका नेताहरुको भनाइ छ । सभामुख पनि छाडेको खण्डमा प्रचण्डबाट पूर्वमाओवादीहरुको संरक्षण हुन सक्दैन भन्ने मनोवैज्ञानिक सन्देश तलसम्म जाने ती नेताहरुको तर्क छ ।
ओली पक्षले भने पार्टी एक भइसकेको अवस्थामा पूर्वसमूह भनेर भागबण्डा नहुने बताइरहेको छ ।





