बाग्मती

पूर्व स्वास्थ्य सचिव श्रेष्ठ रहेनन्

काठमाडौं । पूर्व स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । उपचारको क्रममा आज (बिहीबार) बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको निधन भएको हो ।

निमोनियाको उपचारका लागि उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको उपचारका क्रममा  बिहान ५ बजे निधन भएको बताइएको छ ।

निमोनिया भएपछि श्रेष्ठलाई मंगलवार त्रिवि शिक्षण अस्पतालको आइसियुमा राखेर उपचार गर्न शुरु गरिएको थियो ।