काठमाडौं । केहि समय यता पर्यटनसँग सम्बन्धित नाट्टा सदस्य थामसेर्कु गु्रप अफ अर्जनाइजेशन र अन्य केहि कंपनी तथा कंपनीका संचालकहरुलाई निशाना बनाई पर्यटन व्यवसायमा उल्लेख्य योगदान पुर्याएका व्यवसायिक प्रतिष्ठान तथा संचालकहरुलाई निरुत्साहित पार्ने उद्देश्यले केहि पत्र पत्रिकाहरुमा प्रकाशित समाचारहरु प्रति नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को गम्भिर ध्यानाकर्षण भएको छ ।
कानूनी राज्यको अवधारणा र प्रणालीलाई आत्मसात् गरि अघि बढेका सम्पूर्ण उद्योगी तथा व्यवसायीहरु लगानी गर्न निरुत्साहित हुने हुदा यस्ता समाचारहरुले हाल मुलुकमा बन्दै गएको लगानीको वातावरणलाई दुषित बनाउने देखिन्छ ।
अतः पर्यटन व्यवसाय र व्यवसायीहरु निरुत्साहित हुने गरि छापिएका समाचारहरु प्रति यो संघ दुःख प्रकट गर्दछ । मुलुकले लिएको दिगो विकाश र आर्थिक सम्बृद्धिको अभियानलाई ओझेलमा पारि संघारमै रहेको नेपाल भ्रमण बर्ष २०२० लाई समेत असर पुग्ने हुंदा यस्ता समाचारहरुको आधिकारिता प्रमाणित नभई समाचारहरु प्रकाशन गर्नु अघि प्रकाशन गृहहरुले समेत विचार पुर्याउनु पर्ने देखिन्छ ।
अनियमित तवरले भए गरेका कृया कलापहरु राज्य प्रणालीद्वारा स्वतः दण्डित हुने कुरामा हामि सबैले विश्वास गर्नै पर्दछ । तसर्थ मात्र जनमानसमा प्रतिकुल असर हुने गरि आएका यस्ता समाचारहरुले संचार माध्यमहरुकै विश्वसनियता र गरिमा घटाउने भएकोले स्वतन्त्र, निष्पक्ष र तथ्यगत पत्रकारिताको धर्म निर्वाह गर्न सबै पत्रकार जगत र संचारकर्मीहरुलाई समेत नाट्टा हार्दिक अपिल गर्दछ ।