प्रदेश 2

उज्यालो वीरगन्जको सपना पुरा हुने भो- नगर प्रमुख सरावगी

वीरगन्ज । महानगरपालाई मुलुकमै नमुना सहरको रुपमा चिनाउन “उज्यालो बिरगंज अभियान “ संचालत गरिएको छ । वीरगन्ज महानगरपालिका अन्र्तगत रहेका सबै चौकहरुका यसै बर्ष समय अनुसार प्रकाशमा आधारित सेंसरभएको स्वचालित स्वीचिगं सहितका टावर लाइटहरुक  निर्माण भइरहेका छन् ।
चालु आर्थिक बर्षमा विरगन्ज महानगरभित्र कुल १६ हजार  बिजुलीको पोलमा डिजिटल लाईट लगाइने योजना समेत रहेको  छ ।
जसको लागि नेपाल विद्युत प्रधिकरणसँग सम्झौता गरि हरेक पोलमा पाचौं तारको विस्तार गरिने छ र अटोमेटिक स्विचीङ्ग सिस्टम जडान गरिने छ । जस अन्तर्गत उज्यालो हुने बितिकै लाईट आफ हुने र राति हुने बितिकै बति अन हुने, अत्याधुनि प्राविधक व्यवस्था गरिएको छ ।
यो योजनाको  कुल खर्च २४ करोड रुपैयाको अनुमान गरिएकोे छ । जसमध्येको आँधी पैसा वीरगन्ज महानगरपालिका र आँधी  नेपाल सरकारले दिने भएको छ । अगामि दुई वर्ष भित्र पुरा गरिने  लक्ष्य रखिएको नगर प्रमुख विजय कुमार सरावगीले बताए।
नगर प्रमुख सरावगीले चुनाव घोषण पत्रको माध्यमबाट गरेको बाचा अनुसार उज्यालो बिरगन्जको महत्वकाक्षी योजना समयमै  पुरा गर्ने आफ्नो पुरा कोसिस रहने बताउनु भयो । उक्त योजनमा संघीय सरकारद्धारा दिइने लागत रकमको स्वकृति आइसकेकोले उक्त कार्यलाई छिटै अगाडि बढाउने बताए  ।