काठमाडौँ । पत्रकार पुजन विश्वकर्मामाथि भएको कुटपिट तथा विभेदजन्य दुव्र्यवहारप्रति राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले भत्र्सना गरेको छ । सङ्घका केन्द्रीय अध्यक्ष तथा संविधानसभाका सभासद् विनोद पहाडीले आज प्रेस विज्ञप्ति जारी गरी बाँके जिल्ला कोहलपुरको गोलपार्कस्थित युगयान दैनिकको कार्यालयमा यही पुस ६ गते भएको घटनाप्रति आपत्ति जनाएको हो ।
“सङ्घ घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि तत्काल कानूनी कारवाही गर्न माग गर्दछ, हामी पत्रकारको सुरक्षामा गम्भीर बन्न सरोकारवाला निकायको ध्यानाकर्षण गराउदछौँ”–विज्ञप्तिमा भनिएको छ । सङ्घ देशभर क्रियाशील करीब एक हजार २०० दलित समुदायका पत्रकारको छाता सङ्गठन हो ।