काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले सामाजिक सञ्जाल मार्फत ओली सरकारलाई कडा प्रश्न गरेका छन् । उनले बेथिति आर्थिक अराजकताको नेतृत्व गर्न किन हतारिए को सरकार ? भन्दै प्रश्न गरेका हुन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता भण्डारीले सरकारलाई यस्तो प्रश्न गरेका हुन् ।
भण्डारीले लामो समयको कठोर साधनाबाट बनेका देशका प्रधानमन्त्री माथि प्रश्न माथि प्रश्न उठ्ने काम गराउन हुन्छ ? भन्दै प्रश्न गरे ।
साथै ट्वीटरको अन्त्यमा केन्द्रिय सदस्य भण्डारीले जनताले दिएको भारी मत को सम्मान विहानका पत्र पत्रिका हेरेर लज्जित हुँदै रातोमुख लगाउनु पर्ने अबस्था आउनका लागि हो ? भन्दै कडा प्रश्न गरेका छन् ।
उनको ट्वीटरः बेथिति आर्थिक अराजकताको नेतृत्व गर्न सरकार किन हतारिएको ? लामो समयको कठोर साधनाबाट बनेका देशका प्रधानमन्त्री माथि प्रश्न माथि प्रश्न उठ्ने काम गराउन हुन्छ ? जनताले दिएको भारी मत को सम्मान विहानका पत्र पत्रिका हेरेर लज्जित हुँदै रातोमुख लगाउनु पर्ने अबस्था आउनका लागि हो ?