काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराइले हिजोका क्रान्तिकारीहरुले आज नयाँ शासक बनेर पुरानै राजनीति अपनाई रहेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले यस्तर्फ सावधानी अपनाउन चेतावनी दिएका छन् । उनले आफनो ट्वीटरमा हीरालाल विश्वकर्मा, फत्तेसिंह थारू, सुशिला थापाहरू राजाका मन्त्री बनेर मधेसी, जनजाति, दलित, थारू, महिलाको मुक्ति भयो रु भएन भन्दै प्रश्न गरेका छन् ।
साथै उनले उल्टै उत्पीडित समुदायको मुक्तिसंघर्ष भुत्ते भयो भन्दै अहिले पनि इतिहास दोहोरिइरहेको उल्लेख गरेका छन् ।
उनको ट्वीटरः हीरालाल विश्वकर्मा, फत्तेसिंह थारू, सुशिला थापाहरू राजाका मन्त्री बनेर मधेसी, जनजाति, दलित, थारू, महिलाको मुक्ति भयो ? भएन ! बरू उत्पीडित समुदायको मुक्तिसंघर्ष भुत्ते भयो !अहिले पनि इतिहास दोहोरिइरहेछ ! हिजोका क्रान्तिकारीहरू आज नयाँ शासक बनेर पुरानै‘फुटाउ र राज गर’ नीति अपनाइरहेछन् ! सावधान !