आर्थिक

उच्च लेवलका उद्योगपति भन्छन्ः सरकारी झन्झटिलो प्रकृयाका कारण काम गर्न गाह्रो भो

बाग्लुङ । उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालमा थप लगानीका लागि सरकारले वातावरण निर्माण गर्न नसकेको बताएका छन् । घाटा खान कसैलेपनि ब्यावशायमा लगानी नगर्ने भन्दै उद्योगपति गोल्छाले वातावरण बनाउने जिम्मेवारी भनेको सरकारको भएको बताएका छन् । प्रदेश मन्त्री किरण गुरुङको संयोजकत्वमा बाग्लुङमा भएको एक कार्यक्रममा बोल्दै भविश्यका उद्योग बाणिज्य महासंघका अध्यक्ष समेत रहेका गोल्छाले मुलुकमा लगानीका लागि अवशर र चुनौती धेरै रहेपनि त्यसमा झन्झटिला सरकारी प्रकृयाले व्यावशायीलाई अप्ठेरो पारेको अनुभव सुनाएका छन् ।

कार्यक्रममा ग्लोवल आईएमई बैंकका अध्यक्ष समेत रहेका उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले आफूहरुले सातै प्रदेशमा केवलकार संचालन गर्न लागेपनि विभिन्न सरकारी नीति, जग्गा प्राप्तीमा समस्या, लगानीको प्रतिफलको अनिश्चितताका कारण काम गर्न गाह्रो भएको बताएका छन् । उनले आफू बाग्लुङबाट ३५ सय लिएर काठमाडौं आएको स्मरण गर्दै देश कायापलट गर्न धेरै दिमाग लगाउनु नपरेपनि सामान्य प्रकृया भने सरकारले सहज गरे लगानी समेत भित्र्याउन सहज हुने र उद्योगधन्दाको बृद्धीपछि रोजगारी स्वदेशमै बढ्ने बताएका छन् ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले आफू पारदर्शी ढंगबाट कर तिर्दे सुपरमार्केट संचालनमा लागेपछि पत्रकारहरुले प्रश्न उठाउने गरेकोमा दुःख लागेको बताउँदै विश्वभर भाटभटेनी सुपरमार्केट संचालन अभियानमा लागेको दाबी गरेका छन् । गुरुङले आफू कडा परिश्रम र जिम्मेवार भएर यो स्थानमा आएको बताउँदै राज्यलाई पारदर्शी ढंकले कर तिर्दापनि अपमान र अनावश्यक झन्झट व्यहोनुपरेको बताए । मुलुकका उच्च लेवलका व्यावशायीहरु शेखर गोल्छा, मीन बहादुर गुरुङ र चन्द्र ढकालको मुख्य आवाज थियो सरकारले प्रकृयामा झन्झट गरिदियो, निजी क्षेत्रलाई विकासको साझेदारका रुपमा लिन सकेन ।

व्यावशायीहरुले बिभिन्न समयमा सरकारी प्रकृयाका कारण व्यावशाय गर्न गाह्रो भएको बताईरहेका बेला उज्यालो नेपाल कार्यक्रममा पनि मुलुकका होनाहार सफल व्यावशायीले उक्र कुरा दोहोर्याएका छन् । व्यावशायीको गुनासो सरकारका उच्च अधिकारीले सुनेको नसुनै गर्दै प्रकृया झन झन जटिल बनाउँदै आएका छन् ।