काठमाडौं । आज बिहान फोहोर बाकेर सिसोडतर्फ जाँदै गरेको टिपर दुर्घटना हुँदा टिपरका चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको छ । ‘क्लीन नेपाल’ नामक कम्पनीको फोहोर बोक्ने ना २ क ३३८ नम्बरको टिपर ताकेश्वर नगरपालिकालको जितपुरमा दुर्घटना भएको थियो ।
दुर्घटनामा टिपर चालक माइला लामा र सहचालक कमल तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । फोहोर लिएर शुक्रबार बिहान उक्त टिपर बालाजुबाट नुवाकोटको सिसडोलतर्फ जाँदै गर्दा टिपर दुर्घटनामा परेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार तिव्र गतिका कारण टिपर दुर्घटनामा परेको बताइएको छ । टिपर सडकबाट करिब ५० मिटर तल खसेको थियो ।