मनोरञ्जन

विमला शर्मा हुमागाईंको ‘महसुस’ सार्वजनिक

काठमाडौँ । गीतकार विमला शर्मा हुमागाईंको ‘महसुस’ बोलको म्यूजिक भिडियो भर्खरै सार्वजनिक भएको छ । उक्त गीतमा `राई इज किङ´ भनेर चिनेने सर्वप्रिय गायक राजेशपायल राईको आवाज रहेको छ ।
विमला हुमागाईँले लेखेकाे गीतमा मनोज साङसाेङ राईले सुमधुर सङ्गीत भरेका छन् । माया प्रेमका कथा समेट्दै `जीवनकाे निष्कर्ष नै माया हाे´ भन्ने भाव समेटिएको छ । म्यूजिक भिडियोमा गायक राईका साथमा गीतकार हुमागाईँकै अभिनय रहेको छ ।
उनी गीतकाे अलवा साहित्यका अन्य विधामा पनि उत्तिकै सक्रिय छिन् । बिमलाकाे `बाेध´ उपन्यास प्रकाशनकाे अन्तिम चरणमा छ । आगामी `भ्यालेन्टाइन डे´काे अवसर पारेर उपन्यास सार्वजनिक गर्ने तयारी भइरहेकाे छ ।
https://www.youtube.com/watch?v=Dg-mDJ–YVg