स्वास्थ्य

जाडो भयो ? यस्ता छन् शरीर न्यानो बनाउने उपायहरू..

दिन प्रतिदिन जाडो बढ्दै गइरहेको छ । चिसो बढ्दै जाँदा जाडो छल्न न्याना, बाक्ला कपडा आवश्यक हुन्छ। तर, कपडाले बाहिरी भाग तताएर मात्र हुँदैन। शरीरको भित्री भाग तात्तिनु जरुरी हुन्छ। त्यसैले यसका लागि खानपानमा विशेष ख्याल गर्नुपर्ने विज्ञको सुझाव छ।

जाडोबाट बच्न नियमित पोसिलो खानेकुरा समावेश गर्न आवश्यक हुन्छ। सामान्य केहि खानेकुरामा ध्यान दिन सक्यो भने जाडो सिजनमा स्वास्थ्य तातो(राम्रो) रहन्छ। त्यसैले यस्ता खानेकुराहरु नियमित खाने हो भने जाडोयाममा पनि शरीर न्यायो बनाइराख्न सकिन्छ । 

हरियो सागसब्जीको दैनिक प्रयोग

मेथी, गाजर, पालुङ्गो, चम्सुर र बेथेको सागको प्रयोग पोषणको हिसावले मात्र नभइ जाडोमा न्यानो प्रदान गर्ने खानाको रुपमा लिइन्छ ।

मह

मह चिसोका लागि उचित मानिन्छ । यसमा एन्टिमाइक्रोवायल तत्व हुने भएकोले कीटाणुको प्रवेशलाई नष्ट गर्छ । साथै पाचन प्रक्रियामा सुधार ल्याउँछ । रोग प्रतिरोधात्मक क्षमताको विकास गर्छ ।

महको दैनिक प्रयोगले रोगसित लड्ने क्षमता प्रदान गर्छ । चिसोबाट बढी प्रभावित हुने बालबालिका र वृद्ध –वृद्धले दुधसित मिलाएर मह सेवन गर्दा फाइदाजनक हुन्छ ।

अदुवा

अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै शरिरलाई हिट पनि प्रदान गर्छन । जाडो सिजनमा शरीरमा पानीको मात्रा कम हुने गर्छ । जसले गर्दा कब्जियतको समस्याले समेत सताउन सक्छ अदुवाको सेवनले पाचन प्रक्रियामा सहयोग पुर्‍याउँछ ।

दालचिनी

दालचिनीले शरीरभित्रको चिसोलाई कम गर्छ र शरीरमा तापक्रम बढाउन्छ । यसले पाचन प्रणालीलाई पनि स्वस्थ राख्छ ।

कोदोको सुप

आधा लिटर पानीमा २ चम्चा कोदोको पीठोको सुप बनाएर विहानको समयमा पिउनाले शरीरलाई न्यानो प्रदान गर्छ । कोदोमा प्रर्याप्त मात्रामा आइरन र भिटामिन पाइने हुनाले रक्तअल्पताबाट समेत बचाउँछ ।

मासु तथा सुप

मासुले शरीरलाई शक्ति प्रदान गर्ने मात्र होइन । यसमा भएका भिटामिनहरुले शरीरलाई रोग प्रतिरोधात्मक क्षमताको विकास गराउँछ । शरीरको मांसेपशी दरो बनाउनुको साथै शरिरलाई ऊर्जा प्रदान गर्छ ।

कालो मरिच

कालो मरिच पनि जाडोमा आवश्यक खानेकुरा हो । यसलाई सुप वा चियामा राखेर खानुपर्छ । यसको प्रयोगले रुघाखोकी निको हुन्छ ।

लसुन र मेथी

लसुन एण्टीबायोटीक भएकाले रुघा खोकी निको पार्ने औषधिकै रुपमा प्रयोग गरिन्छ । जाडोमा लसुनको अचार बनाएर खान सकिन्छ । यसलाई तरकारीमा पनि राख्न पनि सकिन्छ । यस्तै, मेथीको लड्डुले पनि स्वास्थ्यमा फाइदा गर्छ ।

दुध अण्डा र सखर

दुधमा पाइने भिटामिन डी ले जाडोमा लाग्ने विभिन्न संक्रमणबाट बचाउछ । भिटामिनले शरिरलाई न्यानो प्रदान गर्छ । रगतको कोषहरुको निर्माण गर्नुको साथै फ्लु भाइरसबाट बचाउँछ ।

यसको साथै यसमा पाइने म्याग्नेसियमले जाडोमा हुने एक्लोपना, तनाव र मानसिक समस्यालाई घटाउने काम गर्छ ।

अण्डाबाट आइरन पोटासियम सुष्म तत्वको परिपुर्ति हुने हुँदा शरीरले संधै न्यानो महसुस गर्छ । र सखरको दैनिक सेवन गरेमा कफलाई बाहिर निकाल्नुको साथै न्यानो पनि प्रदान गर्छ ।

रातमा स्वादिष्ट खाना खानुहोस्

जाडो मौसममा राति जत्ति छिटो खाना खाइन्छ त्यत्ति नै शरिरलाई फाइदा गर्दछ। तर दिउँसो खाइने खाजाभन्दा रातिको खाना हल्का हुनुपर्छ।

रातको खानामा खिचडी र सादा खानाको प्रयोग उत्तम मानिन्छ। राति सुत्नुअघि सकेसम्म ३/४ घण्टा पहिले खाना खाईसक्नु स्वास्थ्यको लागि राम्रो हुन्छ। जसले शरिरको पाचनशक्ति बलियो बनाउँछ। तातो दुधमा अदुवा मिसाएर सुत्नुअघि खानु अझै लाभदायी मानिन्छ।

छालाको विशेष हेरचाह गर्नुहोस्

लुगा धेरै लगाउनुपर्ने, हिटरमा बस्नुपर्ने इत्यादि कारणले गर्दा छाला सुक्खा भएर जाडोमा हैरान हुन्छ। छाला सुक्खा हुने र क्य्राक हुनाले छालालार्ई मोइस्चर्ज राख्नु जरुरी छ।

छालाको सरसफाइमा पनि उत्तिकै ध्यान दिन जरुरी छ। धेरै तातोपानीले ननुहाउने, मनतातो पानीले मात्र नुहाउने गर्नुहोस्। नुहाउनासाथ तेल तथा लोसन लगाउन कहिल्यै नर्बिसिनुहोस्।

प्रशस्ता मात्रामा झोलिलो पदार्थ खानुहोस्

अधिकांश मानिस जाडोयाममा पानी पिउन बिर्सन्छन्।

जाडोमा दिनभर पानी नपिउने र चिया मात्र पिउँदै हिँड्नुहुन्छ भने झन् जोखिममा पर्नुहुन्छ। त्यसैले, प्रशस्त पानी, सुप, हर्बल चिया, अदुवा चिया पिउने बानीको बिकास गर्नुहोस्।