सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, साँगा, बनेपा–१४, काभ्रेपलाञ्चोकको आज शुक्रबारका दिन छैंठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको सभाले आ.व. २०७५/७६ को वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित २०७६ असार मसान्तसम्मको वासलात, नाफा/नोक्सान र नगद प्रवाहविवरण लगायतका सम्पूर्ण वित्तीय विवरणह रुपारित गरि आ.व. २०७५/७६ असार मसान्त सम्मको चुक्तापूँजीको ३२ प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनका लागि १.६८ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
साथै बोनस शेयर पश्चात कायम हुन आउने चुक्तापूँजीको २ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।