काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा आज (बुधबार) दुई खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार चौथो चरणको तेस्रो दिन संकटा र पुलिस तथा आर्मी र थ्री स्टारबीच प्रतिस्पर्धा हुने जनाएको छ ।
दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । पहिलो खेलमा संकटा र पुलिस बिहान साँढे ११ बजे भिड्नेछन् । आर्मी र थ्री स्टारको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
लिगमा तीन खेलबाट संकटा र पुलिसले एक जित, एक हार र एक बराबरी गरेका छन् । तालिकामा ४ अंक जोडेका पुलिस र संकटा गोल अन्तरका आधारमा नवौं र दशौं स्थानमा छन् ।
दुई जित र एक बराबर खेलेको तेस्रो स्थानको थ्री स्टारको ७ अंक रहेको छ । आर्मी दुई जित र एक हार ब्यहोरेको पाँचौ स्थानको आर्मीको ६ अंक रहेको छ ।





