कर्णाली प्रदेश

कर्णालीमा जीप खस्यो: चारको मृत्यु, चार घाइते

बाजुरा । बाजुराको जिल्लाको पूर्वी उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका-७ बाँधुको काला डाँडा भीरबाट जिप कर्णाली नदीमा खसेको छ ।  बिहीबार धुलाचौर देखि कोल्टी आउदै से १ ज १०६४ नम्बरको जिप दुर्घटना भएर कर्णाली खस्दा चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिप मालिक तथा चालक जगन्नाथ गाउँपालिका गोत्रीका रमेश शाहीको पहिचान भएको प्रहरीले जनाएको छ ।  घटना भएको जानकारी पाउने बित्तिकै प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दुर्घटनामा परि चार घाइते भएको र घाइतेको उद्धार गर्दै कोल्टि प्राथमिक स्वास्थ्य चौकी उपचार भइरहेकाे जनाइएकाे छ । जिपमा नौ जना यात्रु रहेको भए पनि एक जना यात्रु भने वेपत्ता भएकाे प्रहरीले जनाएकाे छ ।