समाचार

सत्रुजीव आयात हुनसक्ने सम्भावनालाई रोक्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । बीउ तथा बिरुवा आयात गर्दा ध्यान पु¥याउन समितिका सदस्यहरुले सरकारको ध्यानाकर्षण गर्नुभएको छ । सङ्घीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा आज ‘बिरुवा संरक्षण ऐन, २०६४’ लाई संशोधन गर्न बनेको विधेयकमा समितिका सदस्यहरुले बीउ तथा बिरुवा आयातसँगै सत्रुजीव पनि आयात हुनसक्ने सम्भावनालाई ध्यान पु¥याउन सरकारमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

समितिमा आज ‘बिरुवा संरक्षण ऐन, २०६४’ माथि संशोधनकर्ता सांसदहरु प्रेम सुवाल, पार्वतीकुमारी विशंखे, तुलसीकुमारी थापा, विणाकुमारी श्रेष्ठ, बिन्दा पाण्डे, सरिता गिरी, अमृतादेवी अग्रहरी र रङ्गमती शाहीले विधेयकमा संशोधनको माग गर्दै सरकारको ध्यान आकर्षण गरेको हो ।

समितिमा सरकारका तर्फबाट कृषि तथा पशुपछी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिशीले उत्तरतर्फ तीन र दक्षिणतर्फ ११ स्थानमा जैविक सुरक्षाका जोखिमलाई न्यूनीकरण गर्न जम्मा १८ क्वारेन्टाइन स्थापना भएको समितिलाई जानकारी दिए । खेतबारीमा सत्रुजीव र मित्रुजीव दुवै हुन्छन् । बीउ र बिरुवाबाट सत्रुजीवको आयात रोक्न संसद्ले यसअघि नै बिरुवा संरक्षण ऐन, २०६४ जारी गरिसकेको भए पनि सो ऐनमा थप संशोधन प्रक्रिया अघि बढेको छ । नेपालमा ३५ प्रकारका जीव मात्र सत्रुजीवमा गणना भएका छन् ।