समाचार

विधेयकका केही प्रावधान सञ्चाउन डा. सुरेन्द्र भण्डारीको माग

काठमाडौँ । नेपालका लागि नेपाली अभियानले मिडिया विधेयकका केही प्रावधान सच्याउन माग गरेको छ । अभियानले विधेयकका कपितय प्रावधानले नागरिकका मौलिक अधिकार, वाक तथा प्रेस स्वतन्त्रतालाई नै नियन्त्रण गर्न खोजेकाले त्यसलाई पुनःविचार गर्न आग्रह गरेको हो ।

यहाँ आज आयेजित पत्रकार सम्मेलनमा अभियानका संयोजक तथा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले विधेयकमा उल्लेख गरिएका कतिपय विषय राम्रा रहेको बताउँदै यसले डोमेन सञ्चालनको कुरा गम्भीरतापूर्वक समेटेकाले त्यसको सराहना गरे । उनले उक्त विधेयक ऐनको रुपमा आए यसले आधारभूत अधिकार, मानवअधिकार र लोकतान्त्रिक अधिकारलाई कुण्ठित गर्ने हुँदा पुनःविचार गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले विधेयकले पत्रपत्रिकालाई थोरै जरिवाना र विद्युतीय सञ्चारमाध्यमलाई फौजदारी मुद्दाको व्यवस्था गरेकाले यो प्रावधान समानताको विपरीत रहेकाले सच्याउन आवश्यक रहेको विचार व्यक्त गरे ।

न्यौपानेले लोकतन्त्रलाई बलियो बनाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने हुँदा यस क्षेत्रलाई नियन्त्रण गर्न नहुने बताउँदै सरकारले निराधार समाचार प्रवाह गर्ने माध्यमलाई भने कानून बनाएर नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।