कर्णाली प्रदेश

तापक्रम माइनस १० डिग्रीमा झर्यो..

जुम्ला । वर्षा र हिमपातका कारण कर्णाली प्रदेशका हिमाली जिल्लामा  तापक्रम माइनसमा झरेको छ । हिमपातका कारण कर्णाली प्रदेशका जिल्लाका हिमाली क्षेत्रमा माइनस १० डिग्रीसम्म तापक्रम झरेको छ । 

तापक्रममा माइनस डिग्रीमा झरेका कारण विद्यालयहरु बन्द भएको र पाँच फिटसम्म हिउँ परेको हुम्ला खत्याड गाउँपालिका ५ का शिक्षक हिराबहादुुर शाहीले बताए । ‘हिमपातका कारणले विद्यालय बन्द भएका छन्,’ उनले भने, ‘हिमाली जिल्लाको उच्च भागमा करिब पाँच फिट हिमपात भएको छ ।’

जुम्लाको तापक्रममा माइनस १० डिग्रीमा झरेको र जनजीवन प्रभावित भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताइन् ।‘तापक्रम माइनस १० डिग्रिमा झरेको छ,’ उनले भनिन्, ‘चिसोका कारणले जनजीवन प्रभावित भएको छ ।’