रुपन्देही । माघे संक्रान्तिको अवसरमा प्रदेश ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज(सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै प्रवक्ता वैजनाथ चौधरीले पुस २९ गते मुख्यमन्त्री निवासमा माघी पर्व मनाउने र २ दिन सार्वजनिक बिदा दिइएको जानकारी गराए ।
बैठकले प्रदेश पदक निमावली स्वीकृत, प्रदेश चलचित्र निर्माण, प्रदर्शन एवं वितरण अवधारणापत्र स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।