काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सवारी दुर्घटनामा परेका नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाका सभासद् एवं प्रभातफेरी साप्ताहिकका प्रधान-सम्पादक प्रह्लाद शर्मा हुमागाईलाई पत्रकार दुर्घटना बीमा रुकम उपलब्ध गराएको छ ।
महासङ्घमा आज भएको कार्यक्रममा महासङ्घका उपाध्यक्ष विपुल पोख्रेलले हुमागाईकी श्रीमती तथा नेपाल पत्रकार महासङ्घ काभ्रे शाखा उपाध्यक्ष राज्यलक्ष्मी श्रेष्ठलाई रु ७५ हजार ३३३ चेक हस्तान्तरण गरेको हो ।
पत्रकार हुमागाईं मङ्सिर ९ गते पनौती–४ बाट बनेपातर्फ आउँदै गर्दा सवारी दुर्घटनामा परेको र उनको टाउको गम्भीर चोट लागि शिरमेमोरियल काभ्रे र नर्भिक अस्पतालमा १४ दिन उपचारपश्चात् हाल काभ्रेस्थित घरमा आराम गरिरहेको छ ।