काठमाडौं । माघे सङ्क्रान्ति आउन लाग्दै गर्दा मुलुकका विभिन्न स्थानमा आ–आफनो परम्परा अनुसार माघिलाई स्वागत गर्नका लागि सबै नेपाली तयार देखिन्छन् ।
खास गरि चौधरी समुदायको महत्वपुर्ण चाडका रुपमा रहेको माघि सम्पुर्ण जात–जाति ले उत्तिकै महत्वका साथ मनाउने गर्दछन् । पुषको पाक्य माघको खाक्य भन्ने चलन पनि छ ।
संक्रान्तिको अघिल्लो दिन साँझ तरुल उसिन्ने र विभिन्न परिकारका रोटिहरु पकाएर माघिको दिन खाने प्रचलन पनि छ । भने काठमाडौं उपत्यका लगाएत ठाउँमा चाकुको महत्व धेरै छ माघिको दिन ।
सख्खरबाट बनाइने भएकाले चाकुमा प्रशस्त मात्रामा कार्बोहाइड्रेड हुन्छ । चाकुमा हुने कालो पदार्थमा प्रशस्त आइरन हुने भएकाले शरीरमा रगत कम हुनबाट जोगाउनका साथै रक्तअल्पताका बिरामीलाई धेरै फाइदा गर्छ भनिन्छ ।
माघेसङ्क्रान्ति नजिकँदै गर्दा यतिबेला काठमाडौंको टोखामा चाकु बनाउन स्थानीय व्यस्त देखिन्छन् ।



