अन्तर्राष्ट्रिय

‘त्रुटिका कारण’ क्यानाडाको आणविक ऊर्जा स्टेशनबाट आपतकालीन चेतावनी

एजेन्सी । क्यानडाको ओन्टारियो प्रान्तको आणविक उर्जा केन्द्रले आइतबार बिहान गल्तीले आपतकालीन चेतावनी जारी भएको स्थानीय विद्युत उत्पादन प्राधिकरणले जनाएको छ ।

“स्टेशनमा एक ‘घटना’ भएको जानकारी आएको थियो जसले १० किलोमिटर वरपरका मानिसहरूका लागि लागु हुनेगरी आपतकालीन सूचना प्रशारण गर्यो,” प्रान्तीय सरकारले स्थानीय समय अनुसार विहान ७ः३० बजे जारी गरेको सूचनामा बताइएको छ ।

प्रारम्भिक समाचारमा ‘स्टेशनबाट रेडियो विकरणको कुनै पनि असामान्य चेतावनीलाई अस्वीकार गर्दै नागरिकहरूले यस समयमा कुनै पनि सुरक्षात्मक कार्यहरू गर्नु नपर्ने जनाइएको छ ।

आपतकालिन सङ्केतको सूचनापछि ओन्टारियो विद्युत उत्पादन प्राधिकरणले तुरुन्तै ट्वीट गर्दै लेख्यो, “‘पिकरिंग न्यूक्लियर’ चेतावनी त्रुटीबश पठाइएको हो र सार्वजनिक जीवन वा वातावरणमा यसको कुनै खतरा हुने छैन ।”

सन् १९७१ मा स्थापना गरिएको ‘पिकरिङ प्लान्ट’ टोरन्टोको शहरबाट ५० किलोमिटर पूर्वमा ओन्टारियो तालको किनारमा अवस्थित छ । उक्त क्षेत्रमा करिब ३० लाख जनसंख्या रहेको छ ।