अन्तर्राष्ट्रिय

तीन जना शिक्षकको हत्या साथै नर्स, स्वास्थ्य कर्मचारी लगायतको अपहरण

एजेन्सी । अफ्रिका महादेशमा अवस्थीत पूर्वी केन्याको ग्रामीण क्षेत्रमा रहेको एक विद्यालयमा आतंकवादीहरूले तीन जना शिक्षकको हत्या गरेका छन् ।  आतंककारी समूह अल सबाबले उक्त हत्या गरेको साथै अर्का एक व्यक्तिलाई अपहरण गरी लगेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

केन्यामा सो समूहले विगतदेखि नै आतंककारी क्रियाकलाप जारी राख्दै आएका छन् । अल सबाबले शिक्षक र विद्यार्थीलाई तारो बनाउने गरेको छ । 

ठूलो संख्यामा आएका हतियारधारीले आक्रमण गरी त्यहाँका केही विद्यालयमा पनि क्षति पुर्‍याएका छन् । साथै ती आक्रमणकारीले पूर्वी केन्याको कमुथेमा रहेको प्रहरी चौकीमा पनि उनीहरूले आगजनी गरेका छन् ।

उनीहरूले स्थानीय अस्पतालबाट एक जना नर्सलाई पनि अपहरण गरी लगेकाे बताइएको छ । साथै स्थानीय स्वास्थ्य संस्थाका कर्मचारीलाई पनि उनीहरूले आक्रमण गरी घाइते बनाएका छन् ।