एजेन्सी । फिलिपिन्सको विनाशकारी टाल ज्वालामुखी विस्फोटका कारण भत्किएका घर र काटिएका रुखहरूको उजाड दृश्यहरू सार्वजनिक भएका छन् । सार्वजनिक गरिएको फोटोमा खरानीको बाक्लो पत्रले टापुबाट उम्कन नसकेका घोडा र गाइहरूको आधा गाडिएको शरिरको दर्दनाक अवस्थालाई चित्रण गर्दछ ।
सरकारले दिएका चेतावनीहरूलाई बेवास्ता गर्दै ज्वालामुखी विस्फोट भएको क्षेत्रतर्फ पाइला बढाउने वासिन्दाहरूले केहि जनवारको हेरचाह र बचाउन सफल भएको समेत बताइएको छ ।
फोटोमा देख्न सकिन्छ, सुंगुर, घोडा, गाई, र चराहरूका कपाल, भुवा र प्वाँख गाढा खरानीले छोपेको छ ।
लुजोन टापुको राजधानी मनिलादेखि करिब ३७ माईल (६० किलोमिटर) दक्षिणमा रहेको क्षेत्रमा आइतवारदेखि ज्वालामुखी फुट्न थाल्यो र ९ माइल( १४ किलोमिटर) सम्म हावामा खरानी भेटिएको सिएनएनले उल्लेख गरेको छ ।
तीन दिन पछि समेत टाल वरिपरि ज्वालामुखीजन्य गतिविधि जारी छ। लाभाका फोहराहरूले गाढा खैरो रङ उत्पादन गरिरहेका छन् । आइतबार देखि आजसम्म उक्त क्षेत्रमा ४६६ वटा भूकम्प रेकर्ड गरिएको छ । ज्वालामुखी विशेषज्ञहरूले अर्को विस्फोट हुन् सक्ने आशंका गरेका छन् ।