अन्तर्राष्ट्रिय

आयरल्याण्डका प्रधानमन्त्रीद्वारा आमनिर्वाचन आह्वान

एजेन्सी । आयरल्याण्डका प्रधानमन्त्री लिओ भाराद्कारले आमनिर्वाचन आह्वान गरेका छन् । आगामी फेब्रुअरी ८ मा उनले मंगलबार आमनिर्वाचन आह्वान गरेका समाचारमा जनाइएको छ ।

आयरल्याण्डको सरकारी सञ्चार कार्यालयद्धारा जारी वक्तव्यकाअनुसार प्रधानमन्त्री भाराद्कारले आमनिर्वाचन आह्वान गरिएको मितिका बारेमा मन्त्रीपरिषद्लाई पनि जानकारी गराइसकेका छन् । उनले निर्वाचन आह्वान गर्दै निर्वाचनको मिति घोषणा गर्न र निर्वाचनका लागि तल्लो सदन विघटन गर्न राष्ट्रपति मिचेल डी हिग्गीन्ससँग पनि परामर्श गरेको वक्तव्यमा जनाइएको छ ।

दुवै जनाको परामर्शका आधारमा मंगरबार अवेर राष्ट्रपति हिग्गीन्सले संसद विघटन गर्ने घोषणामा हस्ताक्षर पनि गरेका छन्। “मैले सधै भन्दै आएको थिएँ, देशका लागि निर्वाचन गर्ने ठिक समय आएको छ, अहिले यो ठिक समयमा घोषणा भएको छ,” भाराद्कारले वक्तव्यमा भनेका छन् ।

वक्तव्यमा उनले सरकारका प्रमुख उपलब्धिहरुको सारांश पनि समावेश गर्नुभएको समाचारमा जनाइएको छ । उनले थप धेरै काम गर्नका लागि आगामी निर्वाचनमार्फत् आफु फेरी प्रधानमन्त्रीमा निर्वाचन हुन चाहेको पनि उल्लेख गरेका छन् ।