काठमाडौं । नेपाली अभिनेत्री ऋचा शर्माले आफ्नी आमाको १३ औँ दिनको पुण्य तिथीमा आमाको फोटो सहितको स्टाटस सेयर गरेकी छिन् । उनले आफ्नी आमालाई भावपूर्ण श्रद्धाञ्जली दिदै आफ्नो जिन्दगीको खालीपन कहिल्यै पुरा नहुने बताएकी छिन् ।
उनले लेखेकी छिन् ‘आज हाम्री आमाको १३औं पुन्य तिथिमा उहाँलाई सम्झिदा मेरो लागि अझ आमा शब्दको अर्थ र महत्व झन धेरै बढेको छ। एउटा कहिले नभरिने खालिपन त छदैं छ नै तर त्यसको साथै मेरो जीवनको सबैभन्दा महत्वपूर्ण अध्यायमा पनि बिराम लागेको छ।’

उनले अगाडी लेखेकी छिन् ‘एउटा साथी, एउटा संरक्षक, दु:ख बिसाउने काख सबै गुमाएको छु । हामी एक अर्काको खुशीमा खुशी हुन्थ्यौ अनि दु:खमा दुखी । मेरो सानो सानो सफलतामा खुशी हुनुहुने आमा, अनि मेरा अफ्ठ्याराहरुमा मेरो हौसाला हुनुहुने आमा…।
उनी अझैं अगाडी भन्छिन्– ‘भनिन्छ आमको ऋण तिरेर कहिले सकिदैन । आज यो वाक्यलाई सही रुपले बुझेको छु । त्यो ऋण तिर्न नसके पनि आमालाई जहाँ हुनु भए पनि सधैं खुशी राख्न उहाँले देखाउनु भएको बाटोमा आफुलाई सधैं हिाडाउँछु । शायद आमालाई यही नै सच्चा श्रद्धान्जली हुन सक्छ ।’