एजेन्सी । आयरल्याण्डका प्रधानमन्त्री लिओ भाराद्कारले आमनिर्वाचन आह्वान गरेका छन् । आगामी फेब्रुअरी ८ मा उहाँले मंगलबार आमनिर्वाचन आह्वान गर्नुभएको समाचारमा जनाइएको छ । आयरल्याण्डको सरकारी सञ्चार कार्यालयद्धारा जारी वक्तव्यकाअनुसार प्रधानमन्त्री भाराद्कारले आमनिर्वाचन आह्वान गरिएको मितिका बारेमा मन्त्रीपरिषद्लाई पनि जानकारी गराई सकेका छन् ।
उनले निर्वाचन आह्वान गर्दै निर्वाचनको मिति घोषणा गर्न र निर्वाचनका लागि तल्लो सदन विघटन गर्न राष्ट्रपति मिचेल डी हिग्गीन्ससँग पनि परामर्श गरेको वक्तव्यमा जनाइएको छ । दुवै जनाको परामर्शका आधारमा मंगरबार अवेर राष्ट्रपति हिग्गीन्सले संसद विघटन गर्ने घोषणामा हस्ताक्षर पनि गरेको छ ।
“मैले सधै भन्दै आएको थिएँ, देशका लागि निर्वाचन गर्ने ठिक समय आएको छ, अहिले यो ठिक समयमा घोषणा भएको छ,” भाराद्कारले वक्तव्यमा भनेको छ । वक्तव्यमा उनले सरकारका प्रमुख उपलब्धिहरुको सारांश पनि समावेश गर्नुभएको समाचारमा जनाइएको छ । उनले थप धेरै काम गर्नका लागि आगामी निर्वाचनमार्फत् आफु फेरी प्रधानमन्त्रीमा निर्वाचन हुन चाहेको पनि उल्लेख गरेको छ ।