अन्तर्राष्ट्रिय

चीनको क्षेत्रीय अखण्डताको सम्मान गर्न अमेरिकालाई चेतावनी

एजेन्सी । चीनले शुक्रबार ताइवान स्ट्रेटको माध्यमबाट यात्रा गरिरहेका अमेरिकी नौसेना युद्धपोतलाई पछ्याएर  अनुगमन गरेको बताएको  छ । तत्पश्चात  अमेरिकालाई चीनको क्षेत्रीय अखण्डताको सम्मान गर्न चीनले चेतावनी दिएको बताइएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता गेंग शुआंगले टिकेन्डरोगा क्लास निर्देशित मिसाइल क्रूजर युएसएस शीलोले बिहीबार टापुको राष्ट्रपति निर्वाचनको क्रममा एक “नियमित ताइवान स्ट्रेट ट्रान्जिट” सञ्चालन गरेपछि उक्त टिप्पणी गरेका हुन् ।

“ताइवानको मुद्दा चीनको क्षेत्रीय अखण्डताबारे हो र चीन-अमेरिका सम्बन्धका लागि सबैभन्दा महत्वपूर्ण र संवेदनशील मुद्दा हो,” शुआंगले भने, “अमेरिकाले एक चीन सिद्धान्तको पालना गर्नुपर्दछ ।”

अमेरिकाका ७ औं फ्लीटका प्रवक्ता जो केलीले शुक्रबार भने “नियमित ताइवान स्ट्रेट ट्रान्जिट” को प्रदर्शनमा अमेरिकाले स्वतन्त्र र खुला इन्डो-प्यासिफिक प्रति अमेरिकी प्रतिबद्ध हुनुपर्छ । अमेरिकी नौसेना उडान गर्न, जहाज चलाउन र जहाँ पनि अन्तर्राष्ट्रिय कानूनले अनुमति दिन्छ भने संचालन गर्न जारी गर्नेछ,” उनले भने ।