बाग्मती

बाक्लो हुस्सु र कुहिरोले त्रिभुवन विमानस्थलको सेवा प्रभावीतः उडान–अवतरण स्थगीत

काठमाडौं । लगातार नित दिनसम्म परेको वर्षा रोकिएसंगै काठमाडौ उपत्यकामा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ । उपत्यकामा बाक्लो हुस्सु र कुहिरोले त्रिभुवन विमानस्थलको सेवा प्रभावीत भएको छ ।  आज बिहानै बक्लो मात्रामा कुहिरो देखिएको छ ।

हुस्सुका कारण विमानस्थलबाट हुने अवतरण र उडान रोकिएको बताईएको छ । बाक्लो कुहिरो लागेर भिजिविलिटी कम भएपछि आन्तरिक र अन्तराष्ट्रिय दुवै तर्फका उडान र अवतरण हुन नसकेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलको भिजिविलिटी अहिले ५० मिटर मात्रै छ । उडान तथा अवतरण खुलेपछि पनि त्यसको प्रभाव दिनैभर पर्ने विमानस्थल कार्यालयले जनाएको छ ।

अहिले काठमाण्डौसहित धेरैजसो ठाउँमा बाक्लो कुहिरो लागेका कारण सडकमा गाडी चलाउन र पैदल हिँड्न पनि समस्या भएको छ । भिजिविलिटी कम भएकाले विस्तारै गाडी चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

पहाडी क्षेत्रमा लागेको कुहिरो बिस्तारै हटे पनि तराईमा लागेको कुहिरो हट्न समय लाग्ने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूती पोख्रेलले बताए ।