काठमाडौं । नेबिसंघ त्रिभुवन विश्वविधालय समिती केन्द्रिय क्याम्पस किर्तिपुरद्वारा आयोजित उपत्यका स्तरिय स्वबियु निर्वाचन तयारी छलफल विश्वविधालय अध्यक्ष हरि आचार्य को अध्यक्षतामा सम्पन्न भएको छ । उपत्यका स्तरीय तयारी छलफलले विभिन्न क्याम्पस को अवस्था बुझ्दै ४ बुदे निर्णय गरेको नेबिसंघ विश्वविधालय सचीव योगेन्द्र रावलले जानकारी दिए, त्रिभुवन विश्वविधालय कार्यकारी परिषदले फाल्गुन–१४ गते गर्ने स्वबियु निर्वाचनलाई यो बैठक स्वागत गर्दै अबिलम्ब स्वबियु निर्वाचन कार्यतालिका माग्ने निर्णय गर्दछ ।
सम्पुर्ण शक्ति स्वबियु निर्वाचनमा होमिनको लागि देशभरका नेबि संघ सम्बद्ध विद्यार्थी साथिहरुलाई क्याम्पस/क्याम्पसमा जुट्न अपिल गर्दछ, मातृपार्टी नेपाली कांग्रेसलाई स्वबियु निर्वाचन सम्पन्न गर्न सहजताको निम्ति अबिलम्ब तदर्थ केन्द्रिय समिति गठन गर्न माग गर्दछ, नेबिसंघलाई स्वबियु निर्वाचन जिताउन देश ब्यापी रणनैतिक अभियान सन्चालन गर्ने निर्णय गर्दछ्र कार्यक्रमका प्रमुख अतिथि पुर्व सहमहामन्त्री बलदेव तिमिल्सिनाले स्वबियु निर्वाचन अपरिहार्य भन्दै सम्पुर्ण रुपमा सहयोग गर्ने बताए ।
नेता बिपिन अधिकारीले स्वबियु निर्वाचन को गरिमा बुझ्न सबैलाई आग्रह गरे । पुर्व केन्द्रिय सदस्य सुशील भट्टले स्वबियु निर्वाचन सम्पन्न गर्न जस्तोसुकै मूल्य चुकाउन परेपनि पछि नहट्ने बताउदै स्बबियु निर्वाचन केन्द्रित कार्यक्रमहरु लिएर देशभरीनै स्बबियु हुने क्याम्पस हरुमा नेबिसँघ अगाडी बढने भट्टले बताए । अर्का केन्द्रिय सदस्य रत्नहरी ढुङ्गेलले हाम्रो गौरव का रुपमा रहेको स्वबियु निर्वाचनलाई ऐतिहासिक पर्वका रुपमा लिने बताए ।
स्बबियु निर्वाचन कार्यतालिका चाडोभन्दा चाडो ल्याउन दबाब दीनुको बिकल्प नरहेको नेबिसघका प्रभाबसाली नेता निरन्जन थापाले बताए । त्रिभुवन विश्वविधालय समिति सचीव योगेन्द्र रावलले नेबि संघ ले जितको सुरुवात त्रिभुवन विश्वविधालय बाटै गर्ने उद्द्घोष गर्दै ९५५ क्याम्पस जित्ने निर्णय गरेको अनेरास्ववियुलाई त्रिभुवन विश्वविधालय जितेर देखाउन चुनौती दिए ।
छलफल कार्यक्रममा नेबिसंघ पुर्व सह महामन्त्री बलदेव तिमिल्सेना, पुर्व केन्द्रिय सदस्य सुशील भट्ट, रत्नहरी ढुङ्गेल, धादिङ जिल्ला अध्यक्ष ईश्वर अधिकारी, निराजन थापा, कुमार दुलाल, शशांक श्री न्यौपाने,शुवास घिमिरे लगायतको उपस्थिति थियो भने उपत्यका भित्र र बहिरका ईकाई अध्यक्ष एवम् पदाधिकारीको सहभागीता रहेको थियो। त्यस्तै त्रिचन्द्र क्याम्पसबाट दिनेस शाही, शंकर देब क्याम्पसबाट दिपक ओझा, महेन्द्र रत्न क्याम्पसबाट कमल पन्त, ग्रामिण क्याम्पस बाट सन्तोष गुरुङ, किरण भट्टराई, प्रबिन गुरुङ पद्मकन्या क्याम्पसबाट सैलेजा पुन, नेपाल ल क्याम्पसबाट हृदय राज मिश्र, विश्वभाषा क्याम्पस बाट रन्जित ओलि, आयुर्वेद क्याम्पस बाट नरेश ईटली, बिष्णु चापागाईंले,नेपाल कमर्श क्याम्पस बानेश्वरबाट बिष्णुहरि खड्का, रुपन्देही हरैया क्याम्पस स्वबियु सभापति प्रकाश पौडेल, डोटी बहुमुखी क्याम्पस स्वबियु सभापति बालकृष्ण शावद,चौतारा बहुमुखी क्याम्पस अध्यक्ष अनिल सापकोटा, रौतहट बहुमुखी क्याम्पस स्वबियु सचिब सन्तोष जैसवाल,फुलवारी बहुमुखी क्याम्पस कैलालीबाट हिकमत गिरि, भिम खतिवडा, धादिङ बहुमुखी क्याम्पस बाट महेन्द्र तामाङ, त्रिबि उपाध्यक्ष रोहन महतरा, लक्ष्मी खनला, अनोज कार्की लगायत नेताहरुको उपस्थिति थियो्र ।