समाचार

देशभर हुने ओली सरकार बिरुद्धको कार्यक्रम सफल बनाउन मातहतका समितिलाई तरुण दलको निर्देशन

काठमाडौं । नेपाल तरुण दलले नेकपा नेतृत्वको केपी शर्मा ओली नेतृत्वको सरकारका बिरुद्धमा आईतबार नेपाली काँग्रेस पार्टीले बुझाउने ७७ वटै जिल्ला प्रशासन कार्यालयको कार्यक्रममा उपस्थित भई कार्यक्रममा भब्य सहभागीता जनाउन ७७ वटै जिल्ला तथा स्थानीय समितिलाई निर्देशन गरेको छ । दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ती जारी गर्दै कार्यक्रम भब्य र प्रभावकारी बनाउन परिपत्र गरेका हुन् ।

काँग्रेसले माघ ५ गते सबै जिल्ला प्रशासन कार्यालयमार्फत नागरिक स्वतन्त्रता, लोकतनत्र, विधिको शासन विरोधी सूचना विधेयक र नेपाल विशेष सेवा गठन अनि संचालन कानून संसोधन तथा एकीकरण गर्न बिरोध गर्ने कार्यक्रम राखेको छ । उक्र कार्यक्रम सफल बनाउन सहभागी हुन तरुण दलले निर्देशन दिएको हो ।