बाबुराम आचार्य / नेकपाका अध्यक्ष पुष्पकमल दहालले माघ १ गते एक कार्यक्रममा जनयुद्धका क्रममा पाँच हजार मान्छे मारिएको जिम्मा आफूले लिने बताएका थिए । रेकर्ड अनुसार १७ हजार हाराहारीमा राज्य पक्ष र तत्कालीन माओबादी पक्षबाट मारिएको भनिएपनि अध्यक्ष पुष्पकमल दहालले पाँच हजार मारिएको जिम्मा लिने बताएपछि बाँकी १२ हजार मारिएको जिम्मा कसले लिने भन्ने बहस पछिल्लो समयमा सामाजिक सञ्जालमा रंगिन थालेका छन् । काठमाण्डौंको टुंडिखेलमा गरिएको माघीको अवशरको एक कार्यक्रममा बोल्दै तत्कालीन भूमिगत समूह माओबामदीका अध्यक्ष रहेका पुष्पकमल दहालले आफूले उक्त समयमा भएका घटनामा पाँँच हजारको निधनको नैतिक जिम्मेवारी आफूले लिने बताएका थिए ।
पाँच हजार मान्छे मार्ने पुष्पकमल दहाललाई नरसंहार गरेको अभियोगमा तत्काल प्रहरीले पक्राउ गरी सर्बस्वसहित जन्मकैद वा मृत्युदण्डको फैसलाका लागि अदालतमा मुद्धा चलाई मुलुकलाई कानूनी राज्यका लागि बाटो खोल्नुपर्ने देखिएको छ । १२ हजारको जिम्मा लिने को त ? भन्ने प्रश्न भन्दा अगाडि ५ हजारको जिम्मा लिनेलाई पहरीले बयान पनि नलिई उनले बोको आधारमा तत्काल पक्राउ गरी मुद्धा चलाउनु न्यायसंगत देखिन्छ ।
अब कुरा आयो उनले खुलेआम पाँच हजार मान्छे मारेको जिम्मा लिँदा १२ हजार मान्छे मारेको जिम्मा कसलाई दिने भन्दा पनि पाँच हजार मान्छे मार्ने पुष्पकमल दहाललाई नरसंहार गरेको अभियोगमा तत्काल प्रहरीले पक्राउ गरी सर्बस्वसहित जन्मकैद वा मृत्युदण्डको फैसलाका लागि अदालतमा मुद्धा चलाई मुलुकलाई कानूनी राज्यका लागि बाटो खोल्नुपर्ने देखिएको छ । १२ हजारको जिम्मा लिने को त ? भन्ने प्रश्न भन्दा अगाडि ५ हजारको जिम्मा लिनेलाई पहरीले बयान पनि नलिई उनले बोको आधारमा तत्काल पक्राउ गरी मुद्धा चलाउनु न्यायसंगत देखिन्छ । देशमा एक हजार घुष खाएको देख्ने अख्तियार दुरुपयोग अनुसंधान आयोगले अर्बौंका भ्रष्टाचारीलाई नदेखेको वा ठूला माछा नदेखेको वा अदालतमा मुद्धा नचलाएको आरोप लागिरहँदा त्यो भन्दापनि ठूलो अपराध गरेको भनेर सार्बजनिक कार्यक्रममा भन्दै हिँड्ने पुष्पकमल दहाललाई प्रहरीले किन नदेखेको भन्ने प्रश्नचिन्ह उठ्नु स्वभाविक नै देखिएको छ ।
नेकपा माओबादीबाट नेकपा माओबादी केन्द्र हुँदै नेकपाका प्रमुखको रुपमा परिणत भएका पुष्पकमल दहाललाई दोष दिनुभन्दा मुलुकमा मानवअधिकारको वकालत गर्ने, लोकतन्त्र र कानुनी राज्यको बारेमा ठूला ठूला भाषण गर्दै हिँड्ने अनि लोकतन्त्रको पीता भन्दै खोक्रो आदर्श बोक्दै हिँड्ने नेपाली काँग्रेस लगायतका ब्यक्ती वा संस्थाहरुले पुष्पकमल दहालले लिएको सार्बजनिक जिम्मेवारीलाई लिएर दबाबमूलक ढंगले बोल्न नसक्नु उनीहरुको कमजोरी हो । जसले ०६२/६३ सालको जनआन्दोलनबाट श्री ५ महाराज धिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट ज्ञानेन्द्र शाहमा झार्न, उनलाई नारायणहिटीबाट नागार्जुनको जंगलमा सार्न अन्तर्राष्ट्रियस्तरको दबाब दिन सफल भएका थिए । जसले ०४६/४७ सालको पहिलो जनआन्दोलनमार्फत ३० बर्षे तानाशाही पञ्चायतलाई ढालेर लोकतान्त्रीक शासनपद्धतीको जग बसाल्न सफल हुनेगरी तत्कालीन राजा विरेन्द्रलाई अन्तर्राष्ट्रिय स्तरको दबाब दिन सफल भए । जसले २००७ सालमा एक सय ४ बर्षे जहानीयाँ राणा शासनलाई फालेर पहिलोपटक नेपालमा प्रजातन्त्रको स्थापना गर्न अन्तर्राष्ट्रिय स्तरको दबाब दिन सफल भए तर अहिले २०१७ सालमा खोसिएको वीपी कोर्ईरालाको नेतृत्वको पहिलो निर्बाचित लोकतान्त्रीक सरकारलाई व्यूंत्याउन ३० बर्ष लागेको बिर्षदै गएको देखिँदैछ ।
नेपाली जनतालाई प्रधानमन्त्री, मन्त्री वा कुनै अरबपति बन्ने आकाँक्षा छैन, उनीहरुलाई उनीहरु त केवल चाहन्छन् मुलुकमा शान्तीपूर्ण रुपमा काम गर्ने वातावरण होस्, खान नपाएका नेपालीहरुले काम गरेर पेटभर खान पाउन्, उपचार गर्न नपाएका गरिबहरुले उपचार गर्न सकुन्, पैसाका कारण शिक्षा लिन नपाएका नेपालीहरुले उचित शिक्षा लिन सकुन् । त्यतीमात्रै हो, उनीहरुले माथी पुगेका नेताहरु मिलेर खाएमा केही जनता बोल्नेवाला छैनन् मात्र मुलुमा जनताका आधारभूत आवश्यक्ताको पुर्ति होस् भन्ने तमाम नेपाली जनताको चाहना हो । तर हाम्रो देशमा ५० लाख नेपालीहरु पसपोर्ट बोकेर वैदेशीक रोजगारमा व्यस्त रहंदा, ३८ सय कुईन्टेल सुन दिनदहाडै अन्तर्राट्रिय विमानस्थलबाट अबैध तस्करी हुंदा, वाईडबडीमा अर्बो भ्रष्टाचार हुंदा, प्रधानमन्त्री निवासकै जग्गा मिलेमतोमा खरीद-बिक्री हुँदा, चेलीहरुको बलात्कार र हत्याको घटना राष्ट्रिय स्तरको मुद्धा हुँदा जनतालाई प्रत्येक निर्बाचनमा झुटा आश्वासन बांढ्ने र आश्वासन पुरा नै नगर्ने चलन सामान्य हुँदै गएको छ ।
पहिले राम्रो काम गरेकाले जनताको गैरकानूनी समर्थन पाए पनि ०६४ सालको संबिधानसभा निर्बाचनबाट जनताले कानूनी रुपमा नै ठूलो पार्टी बनाएर अनुमोदन गरिदिए तर पछिल्लो समय तीनै माओबादी जुवाघरका मालिक, रक्सी बेच्नका लागि रेष्टेरेण्ट वा होटलका संचालक, जग्गा दलाल भएका छन् । उनीहरुका कमाण्डर श्री पुष्पकमल दहाल नै भ्रष्टाचारका संरक्षक भएका छन् ।
कक्षा ५ मा अध्ययन गर्दाखेरी नै विदेश जाने सपना बोक्ने विद्यार्थीहरु जन्माउने शैक्षिक संस्थाहरुको काम के छ ? कुनै राजनेताले सोचेको छ ? किन कक्षा १२ पास गर्नेबित्तिकै अमेरिका, अष्ट्रेलीया, युरोपतिर नेपालीका छोराछोरिहरु जान खोज्छन्, कसैले सोचेको छ ? गरीबको चमेली गीत गाएर ०४६/४७ सालपछि जनतालाई काँग्रेस र राजसंस्था बिरोधी भएका कम्युनिष्टहरु पछिल्लो समय पैसा कमाउने राजा भएका छन् । ०५२ साल फागुण १ गतेबाट सर्बहाराको नेतृत्व गर्छौं भन्दै जंगल गएर १० बर्ष उतै राज गरेका माओबादीहरुले कतिलाई जिउँदै गाडे, झुण्ड्याए, रक्सी पोखे, जुवाडेलाई चारपाटा मोडे, गरिवलाई जग्गा बाँढ्ने भन्दै कतिपय सार्बजनिक वा धनीको व्यक्तीगत जग्गा पनि बाँढे, भ्रष्टाचारीलाई कालोमोसो दले, बैंक लुटे जनताको समर्थन पनि पाए । पहिले राम्रो काम गरेकाले जनताको गैरकानूनी समर्थन पाए पनि ०६४ सालको संबिधानसभा निर्बाचनबाट जनताले कानूनी रुपमा नै ठूलो पार्टी बनाएर अनुमोदन गरिदिए तर पछिल्लो समय तीनै माओबादी जुवाघरका मालिक, रक्सी बेच्नका लागि रेष्टेरेण्ट वा होटलका संचालक, जग्गा दलाल भएका छन् । उनीहरुका कमाण्डर श्री पुष्पकमल दहाल नै भ्रष्टाचारका संरक्षक भएका छन् ।
नेपाली काँग्रेसलाई सामान्ती र परम्पराबादी भन्दै हिड्नै माओबादी र एमालेको एकीकरण भएर नेकपा बनिसकेको छ । नेकपालाई अर्को पछिल्लो समयमा सरकारद्वारा प्रतिबन्धित नेकपा विप्लबले नेकपा ओली दहाल कम्पनीको संज्ञा दिएको छ । कुनै हदसम्म नेकपा कम्पनीको नामलाई नेपाली जनताले समर्थन पनि गरेका छन् । नेपाली काँग्रेसका कुनैबेलाका शक्तीसाली नेता खुमबहादुर खड्का, जेपी गुप्ता, चिरञ्जीवी वाग्ले भ्रष्टाचार मुद्धामा जेल नै बसिसकेका छन् । कतिपय काँग्रेस नेताहरुलाई भ्रष्टाचारको मुद्धा छ उक्त मुद्धाको किनारा लागेको छैन । लोकतन्त्र भनेको एउटा वैज्ञानिक प्रणली हुनुपर्छ, जोकोही भएपनि गल तगर्ने, प्रणालीलाई दुरुपयोग गर्नेलाई कानूनी कारबाही हुनुपर्छ तर यहाँ शक्तीको आडमा कानूनको दुरुपयोग गर्ने परम्पराको विकास भयो । पुर्व प्रधानमन्त्री समेत रहेका पुष्पकमल दहालले पाँच हजार मान्छे मारेको जिम्मा लिँदा प्रहरीले किन पक्राउ गरेन ? प्रहरीले तिनै कृष्ण बहादुर महरा हुन, सभामुख जस्तो शक्तीसाली पदमा आशिन उनलाई एउटी महिलाको सामान्य उजुरीले पक्राउ गरि मुद्धा चलाईयो । सभामुखको पद समेत महराजीको गयो । महराजी पनि उही पुष्पकमल दहालको पार्टीका शक्तीसाली नेता त थिए नि हैन र ? गलत कार्य गरेको अभियोगमा पक्राउ परे ।
नेपाली काँग्रेसका कुनैबेलाका शक्तीसाली नेता खुमबहादुर खड्का, जेपी गुप्ता, चिरञ्जीवी वाग्ले भ्रष्टाचार मुद्धामा जेल नै बसिसकेका छन् । कतिपय काँग्रेस नेताहरुलाई भ्रष्टाचारको मुद्धा छ उक्र मुद्धाको किनारा लागेको छैन । लोकतन्त्र भनेको एउटा वैज्ञानिक प्रणली हुनुपर्छ, जोकोही भएपनि गल तगर्ने, प्रणालीलाई दुरुपयोग गर्नेलाई कानूनी कारबाही हुनुपर्छ
अरु धेरै कुरा गर्नुभन्दापनि प्रहरीले पुष्पकमल दहाललाई पाँच हजार मान्छे मारेको जिम्मा लिईसकेको हुँदा तत्काल पक्राउ गरि कानून बमोजिम मुद्धा चलाउनुपर्छ । प्रहरीले मुद्धा चलाउन राजनीतिक दबाबका कारण असम्भब भएमा नागरिक समाज, पत्रकार, अन्तराष्ट्रिय समुदाय, विपक्षी दलहरु, बुद्धीजिवी, वकील, महिला, दलीत, जनजाती लगायत सबै सडकमा उत्रन आवश्यक छ । पुष्पकमल दहाललाई पक्राउ गरी मुद्धा चलाउने यो मौका गुम्यो भने तपाई हामी हेर्दै जाउँ कुनै समय आउँछ पुष्पकमल दहाल नेपालको कार्यकारी राष्ट्रपति बन्छन् । कार्यकारी राष्ट्रपति भए के गर्छन् ? त्यो बौद्धिक बर्गाका अगाडि म जस्तो सामान्य नेपाली नागरिकले बताउनु नपर्ला । मौका गुमेपछि उनलाई अझ हौसला मिल्छ कि नेपालमा मैले जे बोल्यो त्यो सही, मैले गर्यो त्यो सही, मैले बोलेको नै देशको सही मार्ग हो । त्यसैले बेलैमा सरोकारवालाले नेपाललाई कानूनी राज्यको बाटोमा डोहेर्याउन एउटा काँक्रा चोर वा जँड्याहालाई रातभर छिसोमा राख्ने भन्दान ठूलै माछा समातेमा साना भारेभूरे माछा आफैं ठेगान लाग्ने निश्चित छ । अपराध गर्ने र अपराध सजिलै स्विकार्नेलाई कानूनी कारबाही गर्न ढिला नगरौं ।