काठमाडमौं । प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन कुमार थापाले उखु किसानले पाउनु पर्ने रकमको ग्यारेन्टी गर्न सरकार संग माग गरेका छन् ।
समाजिक सञ्जाल ट्वीटरमार्फत नेता थापाले रकम नदिने उद्योगीको खाता रोक्का गर्ने सरकारको कार्य सराहनीय भएपनि किसानलाई उनिहरुको परिश्रमको मुल्य तत्काल चुकाईदिन सरकारको ध्यानाकर्षण गरेका छन् ।
यसअघि उखु किसानले आफुहरुलाई चिनि मिलले ठगेको भन्दै काठमाडौंमा आएर बिरोध जनाएका थिए ।
सरकार र उखुकिसानबीच माघ ७ गते भित्र सबै रकम भुक्तान गर्ने सहमती भएपनि दिएको भाका कटिसक्दा उखु किसानले पुरा पैसा अँझै पाउन सकेका छनैनन् ।
यसतर्फ गम्भिर भएर कडा रुपमा प्रस्तुत हुन सरकारलाई गगनले सुझाव दिएका छन् ।
उनको ट्वीटः सम्झौता बमोजिम किसानको बक्यौता भुक्तानी नदिने उखु मिलको बैंक खाता रोक्का गर्न सरकारले लिएको कदमको सराहना गर्दछु। कडा परिश्रम गरेर आर्जेको उत्पादनको भुक्तानी रकम,किसानहरूले सम्झौता अनुरूप पाउने कुराको सुनिश्चितता गरियोस्।