काठमाडौं । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गुरुराज घिमिरेले आफ्ना सन्तान हुन् नयाँ पुस्ताका समबेदनामा खेल्ने प्रजातन्त्रबादीको नाम ओडेका नमुलुकको नेतृत्वकर्ता अभिभावकको नाममा अघोषित दुश्मन हुन भन्दा फरक नपर्ने बताएका छन् । उनले पृथ्वीनारायण शाह, बिस्मार्क, जर्ज वासिंगटन, गेरिवाल्डी, माहात्मा गान्धी, नेल्शन मण्डेला महाथिर मुहम्मद, लि क्वान यु नभएको भए ती देशको के हालत हुन्थ्यो ? भन्दै मुलुकमा राम्रो दीशा दिन नसक्ने नेतृत्वका कारण जनताले दुःख पाएको बताएका छन् ।
नेता घिमिरेले, ‘हाम्रो देश चरम कृतघ्नहरूको देश हो। बिचरा नयाँ पुस्ताको दुर्दशा! देश भित्र राजनीतिक दलमा यस्तै पात्र निर्णायक छन्। बीपीको पाठशालामा पैदा भएका संवेदनहिन पात्रहरू !!’ भन्दै पछिल्लो राजनीतिक अवस्थाप्रति आक्रोश पोखेका छन् । उनले नेताहरुले आफ्नो व्यक्तीगत फाईदाका लागि मात्र सम्झौता गर्ने प्रवृतिले आउने पुस्ता वा सन्ततीको भविश्य अन्धकारमा धकेलिएको संकेत गरेका छन् ।
उनको स्टाटस् : सबभन्दा ठूलो कुरा समय चेतना ! संसारका उन्नत प्रजातन्त्रबादीहरू तत्कालीन स्वार्थको चिन्ता गर्दैनन्। तर आवरणले मात्र प्रजातन्त्रवादीहरू तत्कालीन फाइदाका लागि चाहिने नचाहिने संझौता गर्छन्। आफ्ना सन्तान हुन् नयाँ पुस्ता। उनिहरूको संवेदनामा खेल्ने अभिभावक अघोषित दुश्मन हुन भन्दा फरक पर्दैन। यस्ता अगुवा इतिहासको गर्तमा बिलाउँछन्। पृथ्वीनारायण शाह, बिस्मार्क, जर्ज वासिंगटन, गेरिवाल्डी, माहात्मा गान्धी, नेल्शन मण्डेला महाथिर मुहम्मद, लि क्वान यु नभएको भए ती देशको के हालत हुन्थ्यो ? हाम्रो देश चरम कृतघ्नहरूको देश हो। बिचरा नयाँ पुस्ताको दुर्दशा ! देश भित्र राजनीतिक दलमा यस्तै पात्र निर्णायक छन्। बीपीको पाठशालामा पैदा भएका संवेदनहिन पात्रहरू !!