अन्तर्राष्ट्रिय

दक्षिणी सुडानका सात लाख बालबालिका विद्यालयमा पुनः भर्ना

एजेन्सी । दक्षिणी सुडानमा सरकार र साझेदार निकायहरूले बिहीबार विद्यार्थीलाई पुनः भर्ना अभियान सुरु गरेको छ ।

अभियानका क्रममा सात लाखभन्दा बढी विद्यार्थीलाई पुनः विद्यालय फर्काउने अपेक्षा गरिएको अधिकारीहरुले बताएका छन् ।

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) द्वारा जारी वक्तव्यमा सात लाख ९ हजार दुई जना विद्यार्थीलाई फेरी विद्यालयमा भर्नाका लागि सहयोग गर्ने विश्वास गरिएको उल्लेख छ ।

अभियान अन्तर्गत उनीहरूलाई विद्यालयमा भर्ना गरेर बाल शिक्षा, प्राथमिक शिक्षा वा बैकल्पिक शिक्षा दिइने भएको छ ।

बालबालिकाहरूलाई पढ्नका लागि प्रेरित गर्ने उद्देश्यले अभियानको सुरुवात गरिएको र उनीहरूलाई सिकाईको अवसर दिइने युनिसेफले जनाएको छ ।