काठमाडौं । साझा पार्टीका प्रवक्ता डा.सुर्यराज आचार्यले भ्रष्टचारको भयाभह रुप नीतिगत भ्रष्टचार भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीट मार्फत प्रवक्ता आचार्यले नीति र कानुनको औचित्य अध्ययन र अनुसान्धान र वृहत छलफलका आधारमा जाँचिने परम्परा नभएको बताएका हुन् ।
प्रत्यक्ष भ्रष्टाचार गर्न, भविष्यको भ्रष्टाचारलाई जोगाउन, स्वार्थ समुहलाई पोस्न र आसेपासेलाई जागिर मिलाउने गरि नीति र कानुन भ्रष्टचारको उदाहरण भएको उनले जिकिर गरेका छन् ।
उनको ट्वीटः भ्रष्टाचारको भयाभह रुप नीतिगत भ्रष्टाचारमा छ। नीतिरकानुनको औचित्य अध्ययन र अनुसान्धान र वृहत छलफलका आधारमा जाँचिने परम्परा छैन । प्रत्यक्ष भ्रष्टाचार गर्न, भविष्यको भ्रष्टाचारलाई जोगाउन, स्वार्थ समुहलाई पोस्न र आसेपासेलाई जागिर मिलाउने गरि नीतिरकानुन बनेका बग्रेल्ति उदाहरण छन् ।