मनोरञ्जन

डि आर अटुको संगीतमा अमृताको ‘शिर फुल ’ भिडियो सहित !

काठमाडौं । नेपाली मौलिक लोक गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका अमृता लिम्बुको आवाजमा रहेको मारुनी ‘शिर फुल ’ गीतको भिडियो सार्वजनिक भएको छ । ग्रामिण परिवेशको जनजिविकाको भोगाईलाई गीतमा समेटिएको छ ।

चर्चित पुर्बेली गीतहरु चौबन्दी चोलिले,गुडी जाने रेल,दिक्तेल बजार,माथी माथी हिमाली भेगमा,झुम्के माया, माथी है र्पयो, माया हजुर,सोल्टिनी ज्यु,दिक्तेल बजार २,घाम छायाँ लगायतका आफनो संगीत दिएका संगीतकार डि आर अटुको संगीत तथा जानु खिम्बाङ लिम्बुको शब्द गीतमा रहेको छ ।

आफु जन्मेको गाउँ ठाउँ आफुलाई प्राण भन्दा प्यारो लाग्ने गायिका ले बताइन । आशिक जवेगुको छायाँकन तथा सम्पादन गीतको भिडयोमा रहेको छ । ‘शिर फुल ’ गीतको भिडियोमा अमृताको अभिनय रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=WgNFpT7qh6I