राजनीति

एकदलीय शासन पद्धती लागु गर्ने सपना कसैले नदेख्दा हुन्छः डा महत

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डाक्टर प्रकाश शरण महतले नेपालमा एकदलीय शासन पद्धति लागू गर्ने सपना कसैले पनि देख्न नहुने बताएका छन ।

आज काठमाडौंको सिंहदरबार स्थित नेपाल प्रेस युनियन नेपाल टेलिभिजन शाखाको पाँचौं अधिबेशनलाई सम्बोधन गर्नुहुदै नेपाली कांग्रेसका सहमहामन्त्री महतले सरकार एकदलीय शासन पद्धति स्थापित गर्न लागेको पनि आरोप लगाए ।

उनले बहुल बिचारका विरुद्ध जाने जुनसुकै राजनीतिक दललाई नेपाली जनताले ठेगान लाउने चेतावनी पनि दिए ।

सहमहामन्त्री महतले सरकारले बहुलबादको बिचार र प्रेस स्वतन्त्रता माथी अंकुश लगाउन खोजेको भन्दै त्यसका विरुद्ध नेपाली कांग्रेसले जनतालाई साथमा लिएर प्रतिवादमा उत्रिने पनि बताए ।

सरकारले प्रतिपक्षि पार्टी कांग्रेसलाई प्रहार गरेर कुशासन र भ्रष्टाचारमा लिप्त हुन खोजेको भन्दै त्यस्का खिलाप कांग्रेस लाग्ने ठोकुवा गरे ।