अन्तर्राष्ट्रिय

सिरियाली फौजलाई प्रत्याक्रमण गर्ने टर्कीका राष्ट्रपतिको चेतावनी

एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तयप एर्दोगानले सिरियाली सुरक्षा फौजलाई आक्रमण गर्ने चेतावनी दिएका छन् ।

आफ्नो देशका सुरक्षाकर्मीहरुलाई सिरियाली सुरक्षाकर्मीहरुले आक्रमण गरेमा वा दुःख दिएमा आफूहरुले पनि आक्रमण गर्ने उनले चेतावनी दिएका हुन् ।

सिरियाको इदलिब प्रान्तमा केही दिनदेखि दुई देशका सुरक्षाकर्मीका बीचमा विवाद तथा सङ्घर्ष चलिरहेको बेला राष्ट्रपतिकै चेतावनी आएको हो ।

“यदि हाम्रा सुरक्षाकर्मीलाई असर पर्ने कुनै गतिविधि भयो भने हामी सहेर बस्ने छैनौँ, हामी उनीहरु विरुद्ध कडा रुपमा आक्रमणमा उत्रिन्छौँ,” उनले भने

संसद्मा आफ्ना सदस्य भएका नेताहरुलाई एउटा बैठकमा सम्बोधन गर्दै उहाँले सिरियालीहरुको आक्रमण सैह्य हुन नसक्ने बताएका छन् ।

उनले विद्रोहीको सशक्त उपस्थिति र प्रभाव रहेको इदलिबमा गरिएको युद्ध विराम अन्त्यका लागि थप १२ वटा निगरानी चौकी स्थापना गर्न सिफारिस पनि गरिसकेका छन् ।

टर्कीका सुरक्षाकर्मीविरुद्ध फेरी अर्को आक्रमण भए कुनै सङ्कोचबिना टर्कीका सुरक्षाकर्मीहरुले सिरियाका सुरक्षाकर्मीहरुलाई आक्रमण गर्ने उनको भनाइ छ । उनीहरुले स्थल तथा हवाई दुवै माध्यमबाट आक्रमण गर्नसक्ने उनले बताए ।