काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलिले शनिबार (आज) प्रतिनिधिसभा बैठकलाई सम्बोदध गर्दै सरकार सुखी नेपाली र समृद्ध नेपाल अभियानमा अग्रसर रहेको बताएका छन् ।
सरकारले २ वर्ष पुरागरेको अवसरमा प्रधानमन्त्री आलीले संबिधानको स्विकार्यतामा कुनै समस्या नरहेको बरु संविधाको विस्तार गरीएको बताएका छन् उनले सिके राउत जस्ता संविधान नमान्ने समुहलाई कानुनको दायरामा ल्याइएको र यस्ता समुहलाई सहिबाटोमा ल्याउन सरकार अग्रसर रहेको बताएका छन् ।
उनले आफ्नो २ वर्षको कार्यकालमा विभिन्न ५५ वटा नयाँ कानुन निर्मान गरेको र १०२ वटा सम्सोधन गरेको उल्लेख गर्दै,आफनो नेतृत्वमा सरकारले धेरै राम्रा राम्रा कामको सुरुवात गरेको बताइएको छ ।
उनले सरकार सरकार सुखी नेपाली र समृद्ध नेपाल अभियानमा अग्रसर रहेको र पार्टी खोल्ने, झण्डा बोक्ने, सडक तथा सदनमा प्रदर्शन गर्ने स्वतन्त्रतालाई मात्रै आफूले लोकतन्त्र नठान्ने उल्लेख गर्दै ओलीले भने, म त्यस्तो लोकतन्त्रलाई मान्छु जहाँ हरेक नागरिकको शिक्षा र स्वास्थ्यको सुनिश्चितता होस्, बालपनको संरक्षण, युवाअवस्थामा रोजगारी र वृद्धाअवस्थामा सुरक्षा भएको समाज व्यवस्था होस् ।