सामाजिक सञ्जाल

ओलीले २ बर्ष हावा गफमा नै बिताए, बाँकी ३ बर्ष पनि हावा गफमा नै बिताउने देखियोः डा भट्टराई

काठमाडौं । संघीय समाजबादीका संयोजक डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको ७३१ दिन त्यतिकै हावा गफ गर्दै खेर गएको टिप्पणी गरेका छन् ।

उनले प्रधानमन्त्री ओलीले मिडियाको प्रतिकृया वा आलोचना सुन्ने क्षमता नहुनु उनको ठूलो कमजोरी भएको बताउँदै बाँकी १०९४ दिन पनि हावा गफ मा नै चिन्ता चिन्ता भएको दाबी गरेका छन् । पुर्व प्रधानमन्त्ती समेत रहेका डा भट्टराईले मिडियाको आलोचना सुन्ने क्षमता भए पो मान्छे सुध्रिन्छ ! भन्दै भीरबाट लड्ने गाईलाई राम राम भन्न सकिने तर। काँध थाप्न नसकिने बताएका छन् ।

उनको सामाजिक सञ्जालको ट्वीटः प्रम @kpsharmaoli को संसदमा ७३१ दिनको कामको बखान सुन्दा बँकी १०९४ दिन (आफ्नै पार्टीले छिर्के हानेन भने !)पनि यस्तै गफमा बित्नेभो भन्ने चिन्ता लाग्यो !कमसेकम आफ्ना कमजोरी पनि छन् भन्ने आफैं बुझ्ने वा प्रतिपक्षी दलहरूरमिडियाको आलोचना सुन्ने क्षमता भए पो मान्छे सुध्रिन्छ ! भीरबाट लड्ने गाईलाई..