राजनीति

मेरो मन्त्रीपरिषदको निर्णय उल्ट्याउँदै यति होलिडङ्ग्सलाई जग्गा दिने ओलीको रणनीति आपत्तीजनकः डा भट्टराई

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भ्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य तथ्य नबुझि आफुमाथि प्रतिसोध सांधेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्वीट मार्फत डा भट्टराईले मातातिर्थको मोहीको जग्गासम्बन्धी आफ्नो मन्त्रीपरिषदको नीतिगत निर्णयलाई उल्ट्याएर संसद र जनतालाई भ्रम छरेको भन्दै आपत्ति जनाएका छन् । साथै डा भट्राईले किसानको जमिनलाई ट्रष्टमा लग्दै यतीलाई दिने सरकारको नियत भए म के भन्नौ भन्दै सरकारको आलोचना गरेका छन् । उनले आफूले राम्रो गरेको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले दुनियाँ नौटंकी गर्दै यति होलिडङलाई लिजमा दिने प्रयास स्वरुप उक्त कार्य गरेको हुनसक्ने अनुमानसहित व्यंग्य गरेका छन् ।

उनको ट्वीटः सत्यतथ्य नबुझी राजनीतिक प्रतिशोधको मनसायले देशको प्रम@kpsharmaoliले २०२६ सालमै राजा महेन्द्रले बिर्ता त्यागी रैकरमा परिणत गरेको मातातिर्थको जोताहारमोहीको जग्गासम्बन्धी मेरो मन्त्रीपरिषदको नीतिगत निर्णयलाई उछालेर संसद र जनतालाई भ्रम छर्नु आपत्तिजनक छ। अरूमाथि हिलो छ्यापेर आफ्नो ।

२. आंगको फोहर पखालिन्न भन्ने बुझ्दा राम्रै होला ! मन्त्रीपरिषदको विधिसम्मत नीतिगत निर्णयलाई काटेर कालीदासले झैं हाँगामा बसेर फेद काट्दा के हविगत हुन्छ स्मरण गर्नु उचित होला! जोताहा किसानको जमीन फेरि राजाको नाउँमा लगेर ट्रष्ट हुँदै यति होल्डिंग्सलाई सुम्पने दाउ हो भने भन्नु केही छैन !